नेपाल आयल निगमले भदौ ७ गते १२ बजे रातिबाट लागु हुनेगरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।
निगमको सूचना अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पुगेको छ ।

