कविता: नहेर्नु है मेरो बाटो !
यसपाली नि मेरो लागी दशैँ आएन है आमा ।
बैनीलाई पोहोर हेर्या किन्दिनुु है बुुट्टे जामा ।।
छोराछोरी आश गर्लान् नयाँ नाना लाउछुु भनी ।।
बाटो हेर्दै रोलिन् उनी सम्झाउनुु है आउला भनी ।
झिनो आशा बोकि म त विदेश तिर आको थिए ।
कोरोनाले छुयो आमा आइसोलेट धेरै भए ।।
ज्वोरो आछ, खुुट्टा काम्छ उठ्न पनि हुुन्छ साह्रो ।।
तिम्रो माया सम्झिएर मलाई भाछ अति गाह्रो ।
कोरोना ले संसार खायो कमाई अहिले छैन आमा ।
भान्जा मेरो ब्याज देउ भन्दै थिए कान्छा मामा ।।
सरसापट गरिदेर दुुई चार हजार पठाई दिन्छु ।
तिरोभरो सकाइवरी तिमी नयाँ सारी किन्नुु ।।
घरको छानो चुुहुुन्छ होला खै त अब के पो गर्नूू,।
दशैँ आयो मेरी सानी कमेरोले घर लिप्नुु ।।
बा लाई ऋणको भारी थाम्न कत्ति गाहे भको होला ।
कमाई छैन मेरा बाबा जहिल्यै छ है खाली झोला ।।
घर आउन पाइन आमा नर्हेनुु है मेरो बाटो ।
तपाईहरुको दुु:ख बुुझ्ने नातीनी छ मेरो साटो ।।
यसपालि नि आइन आमा नर्हेनुु है मेरो बाटो ।
तपाईहरुको आँसु पुछ्ने नाती छ है मेरो साटो ।।
लेखक: अनुपा कोईराला