अमेरिकाको न्युयोर्क स्थित नेपाल आदिबासी चलचित्र महोत्सब तथा निफ अवार्ड २०२१ मा चलचित्र प्रदर्शनको कार्य सुरु भएको छ । न्ययोर्कको स्थानिय समय अनुसार बिहान १०ः०० नेपाल आदिबासी जनाजति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले एक औपचारिक कार्यक्रमका बिच लिम्बु भाषा संस्कृतीमा आधारित चलचित्र के (च्याब्रुङ) को प्रर्दशन सुरुवात गरि कार्यक्रमको उदघाटन गर्नु भएको हो ।

७ औं बिश्व आदिबासी दिबसको अबसरमा बिभिन्न कार्यक्रम गर्दै आएको महासंघले यही अगष्ट २१ र २२ तारिखका दिन दुई दिबसिय नेपाल आदिबासी चलचित्र महोत्सब तथा निफ अवार्ड कार्यक्रमको आयोजना गर्दै छ । महोत्सब अबधीभर सात वटा जाति समुदायको सात वटा चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ ।

जसमा पहिलोदिन लिम्बु जातिको के ( च्याब्रुङ), मगर जातिको ट्याङचालक, ह्योल्मो जातिको मेतोक, राई जातिको सायाबुङ, र तामाङ जातिको प्रङ्ना प्रदर्शन हुदै छ भने दोस्रो दिन नेवार जाति जा मनःगुभाजु, गुरुङ जातिको मि न्होर्वै ट प्रदर्शन हुनेछ । दोस्रो दिन चलचित्र प्रर्दशन सम्पन्न भएपछी बिशेष साँस्कृतिक कार्यक्रम सहित अर्वाड बितरणको कार्यक्रम रहेको महासंघका महासचिब नरेन्द्र थापाले बताउनु भयो ।

पुर्ब मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गर्ने अवार्ड बिरतरण तथा साँस्कृतिक कार्यक्रममा लोकप्रिय गायक जगदिश समाल, मंगोयिन हार्ट राजु लामा लगायतका कलाकारले गीत प्रस्तुत गर्नेछन ।