नजान्द मुस्किल
जानेपछि झन मुस्किल
क्यारे जिन्दगी
नजिउ भन्दा नि मुस्किल
जिउँछु भन्दा झनै मुस्किल
नलाउँ माया मुस्किल
लाउँ माया जोगाउनै मुस्किल
क्यारे मेरो माया
छेउ हुँदा रिसाएर मुस्किल
टाढा हुँदा को सँग छ-छ, झनै मुस्किल
नहुँदा पनि मुस्किल
हुँदा पनि नपुगेर झन मुस्किल
क्यारे चहाना पनि
हिजो अलिकतिका लागि मुस्किल
आज अब अलिकतिका लागि झनै मुस्किल
ओहो! साँच्चै त है
मुस्किल छ हौ मुस्किल
हिजो भन्दा आज जे गर्दा नि मुस्किल ।