नेपाल आदिवासी चलचित्र महोत्सब तथा निफ अवार्डमा बिभिन्न जातिको सातवटा चलचित्र प्रदर्शन हुने भएको छ । २७ औं बिश्व आदिवासी दिबसको अबसरमा नेपाल आदिबसी जनजाति महासंघ अमेरिकाले आयोजना गर्न गईरहेको महोत्सबको लागी आईतबार न्युयोर्क स्थित चलचित्र छनौट समितिले उक्त सात चलचित्र छनौट गरेको हो । 

बिभिन्न जाति समुदायको मातृभाषामा निर्मित १५ वटा सहभागी चलचित्र मध्य सात जातिको एक एक वटा गरि सातवटा चलचित्र छनौट गरिएको महोत्सबका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघका महासचिब नरेन्द्र थापाले बताउनु भयो । चलचित्र छनौटको लागी सम्बन्धित भाषाको जातिय संस्थाहरुलाई जिम्मेवारी दिइएको थियो ।

नेपाल स्थित आदिवासी जनजाति चलचित्र महासंघको कार्यालयमा संकलन गरि पठाईएको चलचित्रहरु मध्य तामाङ जातिको प्रङ्ना, गुरुङ जातिको मि न्होर्वै ट, नेवार जाति जा मनःगुभाजु, मगर जातिको ट्याङचालक, राई जातिको सायाबुङ, लिम्बु जातिको के, ह्योल्मो जातिको मेतोक रहेका छन ।

 

आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले चलचित्र सहभागिता गराउनु हुने सम्पुर्ण चलचित्रकर्मीहरुलाई धन्यवाद दिदै अन्तिम छनौटमा परेका चलचित्रहरुलाई बधाई सहिति शुभकामना ब्यक्त गरेका छन । यस महोत्सबबाट नेपालका आदिवासी चलचित्रहरुलाई प्रबद्र्धन गर्ने लक्ष्य रहेको पनी अध्यक्ष चेम्जोङले बताउनु भयो । अमेरिकाको न्युयोर्क स्थित अगष्ट २१ र २२ तारिखका दिन आयोजना हुन गईरहेको महोत्सब तथा अवार्डको लागी अन्तिम तयारी भईरहेको रहेको पनी आयोजकले जनाएको छ ।