काठमाडौं। टेकबहादुर बिष्णुमाया सुनुवार स्मृती पुरस्कार ओखलढुङ्गाका पामसुनुवार लाई प्रदान गरिएको छ। आईतबार सुनुवार सेवा समाज संघीय समितिको सभाहल कोटेश्वर, काठमाडौं स्थित एक कार्यक्रमको आयोजना गरी उक्त पुरुस्कार वितरण गरिएको हो।

दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नं. ७ हावाको स्वर्गिय दम्पतीद्वय टेकबहादुर सुनुवार र बिष्णुमाया सुनुवारको चीरस्मरणार्थ छोरीहरू साबित्री सुनुवार, तारादेवी सुनुवार छोराहरू अर्जुन सुनुवार र केदार राज सुनुवार (शिव)बाट सुनुवार सेवा समाज मताहत रहने गरी ४५ औँ पुण्य तिथिमा मिति २०७५ असोज १३ गते शनिबारका दिन एक लाख दस हजार एक रुपैँयाको स्मृती कोष स्थापना गरिएको थियो।

सुनुवार भाषाको गिती एल्बम्, बृत्तचित्र लगाएत विभिन्न भिडियो सामाग्री निमार्ण गरी सुनुवार भाषा संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याएमा कोषले पाम सुनुवारलाई १० हजार पुरस्कार सहित प्रमाण पत्र प्रदान प्रदान गरेको हो।

कला साहित्यको माध्यमबाट सुनुवार कोइच भाषा संस्कृतीको प्रवर्द्धन गर्ने कलाकार, साहित्यकारहरूलाई प्रोत्साहन गर्ने उदेश्यले कोषको स्थापना गरिएको संस्थापक सदस्य साबित्री सुनवारले बताउनु भयो। कार्यक्रममा स्मृती कोषका संस्थापक सदस्य तारादेवी सुनुवार द्वारा लिखित गजल संग्रह सम्झनाका फुलहरू र सुनुवार भाषाको निबन्ध देष मापाथु बोय नामक पुस्तक विमोचन गरिएको थियो।

पुस्तक विमोचन गर्दै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आदिबासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले नेपालका आदिबासी समुदायको लोप हुँदै गईरहेको भाषा संस्कृति, परम्परागत ज्ञान सिपको संरक्षण र  प्रवर्द्धनमा कला साहित्यको महत्वपूर्ण भूमिका रहको बताउनु भयो। विमोचित गजल संंग्रह र निबन्धको बारेमा बोल्दै लेखिका एवम् सर्जक तारादेवी सुनुवारले सुनुवार जातिको भाषा संस्कृतीको लोप हुँदै गईरहेको हुँदा कला साहित्यको माध्यमबाट उजागर गर्दै दोस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

सुनुवार सेवा समाज संघय समितिको अध्यक्ष रणवीर सुनवारको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा आदिबासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगर, आदिवासी जनजाति चलचित्र महासंघ अध्यक्ष अमृत बहादुर सुनुवार, सुनुवार सेवा समाजका निवर्तमान अध्यक्ष एवम् वर्तमान सल्लाहकार संयोजक मन प्रसाद सुनवार, सुनुवार सेवा समाजका संस्थापक सदस्य प्रेम सुनुवार (हाँवाली) लगाएत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरूको सहभागिता रहेको थियो।