काठमाडौं। सर्वोच्च अदालतले ‘जेष्ठ नागरिक’ लाई घर–घरमा पुगेर कोभिड–१९ बिरुद्धको खोप दिन सरकारलाई अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानालेको एकल ईजलासले आज उक्त आदेश दिएको हो । प्रवेश केसीले जेष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गर्दै सर्वाेच्चमा रिट निवेदन दर्ता गराउनु भएको थियो । खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दिर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घर–घरमा खोप सेवा दिन अदालतले अन्तरिम आदेश दिएको छ ।

उक्त मुद्दामा रिट निवदेकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएका थिए ।