काठमाडौं। सुनुवार भाषामा आफ्नै लीपी सहितको मासिक पत्रिका हाम्सो विमोचन भएको छ। लक्ष्मी राम सुनुवार प्रकाशक तथा इण्डिजिनिशन मिडिया फाउण्डेशनका अध्यक्षसमेत रहेका देव कुमार सुनुवारको सम्पादनमा सुनुवार भाषा र लीपी सहितको मासिक पत्रिका प्रकाशनमा आएपछि विश्व आदिवासी दिवसको अवसरमा विमोचन भएको हो।

पहिलो पटक सुनुवार भाषा लीपीमा प्रकाशन हुन लागेको हाम्सो विश्व आदिवासीका दिन ७८ वर्षिया रत्नकुमारी सुनुवारले विमोचन गर्नु भएको छ। उहाँले यस पटक एसईई दिएर बि ग्रेडसहित एसईई उत्तिर्ण गर्नु भएको छ।

७८ वर्षको उमेरमा एसईई पास गरेर इच्छाशक्ति भएपछि असम्भव नहुने पाठ सिकाएको र यस उमेरमा पनि सुनुवार भाषा, लीपी र संस्कृतिलाई उजागर गर्न लागिपर्नु भएकाले उहाँकै हातबाट हाम्सो विमोचन गराईएको प्रकाशन लक्ष्मी राम सुनुवारले बताउनु भयो। हाम्सो मासिक पत्रिकाले सुनुवारको भाषा लीपीको साथै पहिचानका विषयमा ओकालत गर्ने प्रकाशक सुनुवारले बताउनु भयो। साथै, उहाँले पहिचान र विकासको लागि सबै सुनुवार समुदायले सुनुवार भाषा लीपी र संस्कृतिलाई माया गर्न अनुरोध गर्नु भएको छ।

मासिक पत्रिका हाम्सोको सहसम्पादकमा कोइँचबु काःतिच, समीर मुखिया, शोभा सुनुवार छन् भने व्यवस्थापकमा पाम सुनुवार रहेका छन्।

मासिक पत्रिका हाम्रो: