काठमाडौं । लोकसेवा आयोगद्वारा लिने कुनै पनि परीक्षा आयोगले स्थगित नगर्ने बताएको छ। आयोगले तालिका अनुसार नै परीक्षाहरु सम्पन्न गर्ने र नरोक्ने जनाएको हो।

लोक सेवा आयोगका प्रवक्ता तोयानारायण सुवेदीका अनुसार तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुने बताए। उनेले परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उनले बताएका छन्। 

आयोगले आ.व. २०७६-०७७ र आ.व. २०७७-०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।