काठमाडौं । अन्तरिक्ष यात्राका लागि टिकट बिक्री शुरु भएको छ । भर्जिन ग्यालेक्टिकका मालिक रिचार्ड ब्रान्सन जुलाई १२ गते सफलतापूर्वक अन्तरिक्षमा पुगेर फर्किएसँगै अन्तरिक्ष पर्यटनलाई व्यवसायिक रुपमा शुरु गर्ने निधो गरेको हो । 

सन् २०२२ देखि व्यवसायिक कार्य शुरु गरिने कम्पनीले उल्लेख गरेको छ ।

अन्तरिक्षमा जाने टिकट बुकिङका लागि एउटामात्र सिट रिजर्भ गर्न चार लाख ५० हजार डलर पर्ने बताइएको छ । अन्तरिक्ष यात्रामा परिवार वा साथीभाइसँग ६ जनासम्म सिट बुकिङ गरेर जान पाइन्छ ।  

पहिले नै अनुरोध गरेका मानिसहरुलाई प्राथमिकताका आधारमा एक हजार डलर डिपोजिट राखेका मानिसलाई शरुमा टिकट बिक्री गरिने बताइएको छ ।