काठमाडौं। रौतहटमा विद्यार्थी भर्नाको विषयमा लाठी हानाहान हुँदा १९ जना घाइते भएका छन् ।

माधवनारायण नगरपालिका-४ स्थित विसुनपूर्वामा भर्नाको विषयमा दुई समूहबीच भएको झडपमा १९ जना घाइते भएका हुन्।

जिल्लाको श्री माध्यमिक विद्यालयमा विद्यार्थी भर्नाको विषयलाई विद्यालय पक्ष र भर्ना गराउन आएका अभिभावकबीच विवाद हुँदा भएको झडपमा १९ जना घाइते भएको प्रहरीले जनाएको छ । भर्ना गर्न आएका अभिभावकसँग र प्रधानाध्यापकबिच भर्ना फारमको विषयमा विवाद सुरु भएको हो । बच्चालाई भर्ना गराउन फर्म भरेर लिएर आएका अभिभावकलाई कुनै फारममा फोटो नमिलेको, अभिभावकको सही नभएको भनेर प्रधानाध्यापकले भर्ना लिन नमानेपछि विवाद भएको थियो।’

झडपमा विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका सदस्य पक्षका ८ र अभिभावक पक्षका ११ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनालाई काठमाडौं रिफर गरिएको र दुई जनाको वीरगञ्जस्थित तराई हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।