काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य किरण राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

प्रवक्ता राईले आज एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र बुझाउनु भएको हो । प्रवक्ता राईले अहिले केहि वेरमा एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै राजिनामाबारे जानकारी गराउने तयारी गर्नु भएको छ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहनु भएका राईले प्रवक्ताको जिम्मेवारीबाट हट्ने निर्णय गर्नु भएको हो ।

विदेशी प्रशिक्षकले एन्फाका वरिष्ठ उपाध्यक्षमाथि सामाजिक सञ्जालमा आरोप लगाउदै राजीनामाको घोषणा गरेपछि प्रवक्ता राई पनि असन्तुष्ट रहनु भएको छ । ००००