काठमाडौं। नेपालमा थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार २ सय ६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय २६ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९५ हजार ३ सय ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय १६ जना संक्रमित कोरानामुक्त भएका छन् ।

यो सँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना कोराना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।००००