काठमाडौं । नेपालमा थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ५५ जनाको पीसीआर र ४ हजार ६ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ३ हजार ३ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख ५० हजार २२ पुगेको छ । आज थप १ हजार ३ सय ७३ जना कोरोनामुक्त भएका छन । हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हालसम्म ९ हजार ८ सय ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच,  नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । संक्रमित थपिने क्रम बढेको र निको हुनेहरूको संख्या कम हुँदा सक्रिय सङ्क्रमितको संख्या ३० हजार ३ सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।