काठमाडौं। पत्रकारहरूले अब अनलाइन मार्फत पत्रकार परिचयपत्र, प्रेसप्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण गर्न सकिने व्यवस्था गरेको सूचना तथा प्रसारण विभागले जनाएको छ। विभागले साउन ५ गते मंगलबार र ८ गते शुक्रबार सूचना जारी गर्दै प्रेसप्रतिनिधि प्रमाणपत्र जारी, नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण गर्न सकिने जनाएको हो।

विभागका शाखा अधिकृत केशवराज शर्माका अनुसार विषम परिस्थितिमा पनि परम्परागत तरिकाले सेवा प्रवाह गर्दा सेवाग्राही र सेवा प्रदायक कोभिड -१९ को उच्च जोखिममा पर्ने र कार्यसम्पादनमा समेत चुस्तता भएकाले विभागको पहलमा अनलाइन मार्फत सेवा प्रवाह सञ्चालन गर्न लागिएको हो। विभागले सूचना जारी गर्दै २०७८ साउन १० गतेबाट विधिवत रुपमा अनलाइन सेवा मार्फत आवेदन दिनु हुन र त्यसको स्टाटस भेरिफाइ भए पश्चात मात्र विभागमा सम्पर्क राख्न जानकारी दिएको छ।

शाखा अधिकृत शर्माका अनुसार प्रेसप्रतिनिधि प्रमाणपत्र जारी, नविकरण, अध्यक्ष, व्यवस्थापक, प्रबन्ध निर्देशक लगायतको निवेदन दिनेदेखि राजश्व तिर्ने लगायत सम्पूर्ण कार्य एकिकृत अनलाइन मार्फत गर्न सकिने छ। त्यस्तै, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि समेत अनलाइनबाटै आवेदन दिन सकिने छ।

कसरी लिने विभागको अनलाइन सेवा??

Step 1: विभागको वेवसाइट www.doinepal.gov.np मा गएर 'सूचना व्यवस्थापन' मेनुमा जानु पर्दछ।

Step 2: सूचना व्यवस्थापन प्रणाली खुलेपछि तपाईले लिन चाहेको सेवा छनौट गर्नुपर्ने हुन्छ।