काठमाडौं। पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १२ हजार ६१६ जनामा गरिएको परीक्षणमा ति सङ्क्रमित थपिएको हो। 

मन्त्रालयका अनुसार पिसिआर विधिबाट ८ हजार ७१५ जनामा र एन्टिजेन विधिबाट ३ हजार ९०१ जनामा गरिएको परीक्षणमा क्रमश: १ हजार ९१८ जना र ९२० जना गरी २ हजार ८३८ जना सङ्क्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना कोरोना सङ्क्रमित निको भएका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३० जना सङ्क्रमितको कोरोना सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ।