नदी नाराज देख्छु, नदेख्नु पर्ने हाे।
सबै धाेकेवाज देख्छु, नदेख्नु पर्ने हाे।
मान्छेमा छैन, मान्छे हुनुकाे संवेदना
पशुमा लाज देख्छु, नदेख्नु पर्ने हाे ।
भर्खरै उडाँए, शान्तिका सेता परेवाहरु
आकाशमा बाज देख्छु,नदेख्नु पर्ने हाे।
जसबाट लुटियाे- देश,देशप्रेमी भन्दै
शिरमा ताज देख्छु,नदेख्नु पर्ने हाे ।
सम्बन्ध उनकाे-मेराे जे थियाे, सिद्धियाे
दाेषी समाज देख्छु,नदेख्नु पर्ने हाे ।
-दिलिप पहाडी (फिक्कल-४ खाङ्साङ, सिन्धुली)