धिमाल महिला संघ केन्दिय समितिको तेस्रो अधिवेसन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिबेशनले मञ्जु धिमालको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
धिमाल जातीय विकास केन्द्र झापामा भएको अधिवेशनबाट अध्यक्षमा मञ्जु धिमाल, उपाध्यक्षमा रोमान्सी धिमाल, सचिवमा रिना धिमाल, सहसचिवमा सविता धिकाल र कोषाध्यक्षमा चन्द्रमाया धिमाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सञ्जना धिमाल, मनिता धिमाल, सुशिला धिमाल, राधा धिमाल, रेणुका धिमाल, मञ्जु धिमाल, माया धिमाल र हेमन्ती धिमाल रहेका छन् ।

