कहाँ छौ तिमी?
खोजिरहेछु म
कहाँ छौ तिमी?
कुरिरहेछु म
तिम्रो खयाल आईरहन्छ
र म गल्दै छु
यो कस्तो हो सहन नसकिने?
तड्पन पैदा गरिदिने
यस भित्रको तापले मेरो देह जलिरहेछ
फर्केर हेर्छु
ती पलहरु
अंकमाल गर्न खोज्छु
यसमै डुब्दै, आनन्द लिँदै
झल्यास्स झस्किन्छु
वर्तमान…
तडपन, छटपटाहट अनि ताप
नियालेर हेर्छु आफुलाई
पाउँछु फेरी उही संसारमा
खोज्दै, उसलाई…
अनि, सोध्छु अन्तरमनलाई कहाँ छौ तिमी?
कयौँ रात बितिसक्यो
र, यही रातले
मेरो निन्द्रा मिठास बनाईदिन्छ
तिम्रो सम्झना नै मेरो निन्द्राको सहयात्री
तर डर लाग्छ
कतै यो मेरो अवशेश पनि लुटिदिन्छ
यो रातको क्षणिक मिठास
म ब्यूँझन्छु
तिमी हुदिँनौ, कहाँ छौ तिमी?
टुट्छु म, रुन्छ म
अनि, म भित्रको मजबुत ताप
मन मुटु मस्तिष्क एक भई
जुध्दै, फेरि खोज्दै छु म
बाटो कुर्दैछु म
कहाँ छौ तिमी?
विनोद स्याङतान(हाल अष्ट्रेलिया)