खाङसाङ। फिक्कल गाउँपालिकाको सहयोगमा गाउँपालिकाको वडा नं. ४ स्थित ९ वटा महिला समुह सहकारी गठन गरी बिउ पूँजि हस्तान्तरण गरिएको छ। मङ्लबार  गाउँपालिकाले सामुहिक रुपमा सहकारी गठन गरी एक सहकारी एक उत्पादन गर्ने लक्ष्यका साथ ९ वटा महिला समूह सहकारीलाई बिउ पूँजि हस्तान्तरण गरेको हो।

गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार महिला शसक्तिकरणका लागि एक घर एक उद्यमी, एक समूह एक उत्पादन गर्ने लक्ष्य सहित महिलाहरूलाई सहकारीमा आवद्ध गरेर लघु उद्यमी सम्बन्धी तालिमका साथै गाउँपालिकाले बिउ पूँजिको रुपमा हाललाई प्रति सहकारी १०-१० हजारका दरेले हस्तान्तरण गरेको बताउनु भयो। उहाँका अनुसार स-साना व्यवसाय सञ्चालन गर्न ऋण लिन नपरोस भन्ने उद्देश्य रहेको र महिला समूहको हौसला बढाउनका लागि गाउँपालिकाले १० हजारका दरले बिउ पूँजि हस्तान्रण गरेको प्रष्ट पार्नु भयो।

उपाध्यक्ष सुनुवारका अनुसार गाउँपालिकाको अन्य वडाहरूमा हाल ५४ वटा महिला समूह सहकारी गठन भईसकेको ती समूह सहकारीहरूलाई पनि नयाँ आ.व. तालिम सहित बिउ पूँजि हस्तान्तरण गर्ने योजना रहेको बताउनु भयो। महिलाहरूलाई समूहमा आवद्ध गर्दै शसक्तिकरणका लागि यस किसिमको कार्यक्रम गाउँपालिकाको सञ्चालन गरेको उहाँले बताउनु भयो।