इलाम। इलाम स्थित पुवामझुवामा सुनुवार जातिको संग्रालय निर्माणका लागि निर्मित भवन अन्तिम चरणमा पुगेको छ। स्थानीय समाजसेवी देवेन्द्र मुखियाको आर्थिक सहयोगमा जग्गा खरिद भएको र नगरपालिकाले भवन निर्माणका लागि बजेट विनियोजन गरेपछि संग्राहलयको भवन निर्माण अन्तिम चरणमा पुगेको हो।

सुनुवार साँस्कृतिक संग्रहालयको भवन निर्माणका लागि इलाम नगरपालिका -३, बागखोर निवासी समाजसेवी तथा सुनुवार सेवा समाजमा पूर्व अध्यक्ष देवेन्द्र मुखियाले ३ रोपनी जग्गा खरिदका लागि नगद १ लाख ८० हजार रुपैयाँ सुनुवार सेवा समाज पुवामझुवा वडा समितिलाई प्रदान गरेपछि जग्गा खरिद सम्भव भएको वडा सचिव गिमान सुनुवारले बताउनु भयो।

वडा समितिले जातिय संग्राहलय निर्माणको लागि जग्गा प्राप्ति गरे लगत्तै इलाम नगरपालिकाले संग्राहलय निर्माणका लागि चालु आ.व. २०७७/७८ मा १७ लाख रुपैयाँ विनियोजन गरेपछि सुनुवारको संस्कृति संग्राहलय निर्माण अन्तिम चरणमा पुगेको सचिव सुनुवारले जनचासो स्रोतलाई जानकारी दिनु भयो।

सचिव सुनुवारले सुनुवार जातिको सांस्कृतिक संग्राहलय निर्माणमा सहयोग पुर्‍याउनु हुने इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत, सवाजसेवी देवेन्द्र मुखिया लगायत सहयोगी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भएको छ।