खाडीमा श्रम नबेची, घरको गरिबी भाग्दैन।
गरमरको संघारमा छु म २,४ लाख ऋण,ऋण लाग्दैन।।
साहुको ऋण तेब्बर भएछ, म अलपत्र बिदेशमा,
आमालाई आएर थर्काएछ साहु, तेरो छोरो जाग्दैन।
ऋण नतिरेसी जग्गा हडप्यो रे साहुले,
आमा रुदै सोध्छिन्, छोरा तिमीलाई बिदेश किन फाप्दैन।
नौ तलाबाट खस्दा खस्दै सपना पनि फुट्यो मेरो,
एउटा भाई खबर सुनाइ दिन्छ आमा तिम्रो छोरा बाँच्दैन।
-बाबु कोँइच (रामेछाप-४, रामेछाप)