फिक्कल गाउँपालिका वडा नं. ३ स्थित माध्यामिक विद्यालय रातमाटा खोलागाउँमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाला निर्माण सम्पन्न भएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा विद्यालयले प्रयोगशाला निर्माण गरेको हो। 

शिक्षण कार्यलाई प्रयोगात्मक ढङ्गले शिक्षण गराउँदा सिकाई प्रभावकारी हुने भएकाले विद्यालयको आवश्यकता र माग बमोजिम गाउँपालिकाले यस आ.व. मा ६ लाख विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताउनु भयो। उक्त लागतमा विद्यालयले प्रयोगशाला निर्माण सम्पन्न गरेको हो। उपाध्यक्ष सुनुवारले विद्यालयमा सिकाईका लागि आवश्यक भौतिक पूर्वाधार सम्पन्न भएकाले गुणस्तरीय शिक्षण सिकाई हुनेमा आशावादी रहेको बताउनु भयो।

शिक्षण सिकाईका हिसाबले सुविधा सम्पन्न यस मा.वि. मा अघिल्लो आ.व. मै कम्प्यूटर प्रयोशाला निर्माण गरी सकेको छ। साथै, विद्यालयले पुस्तकालय (लाइब्रेरी) को पनि व्यवस्थापन भइसकेको विद्यालयका प्रधानध्यापकले बताए।