- अनिश जेस्पुचा सुनुवार
ब्रिटिस गोर्खा आर्मी, रामेछाप -४, रामेछाप।
टाउको तल खुट्टा माथि अनुमान लाउनुस् ।
फल इन भयो मध्य राति अनुमान लाउनुस्।
राम्रो गर्दै जानु है भन्नु हुन्थ्यो गुरुजीले,
किन भएन काम जाति अनुमान लाउनुस्।
चखाई भयो शेष हुन्जेल गल्तिगर्दा एकले,
को बन्यो यसको खाति अनुमान लाउनुस्।
सयचोटि पुस अप गर्दा गुरुजीको इशारामा,
कस्तो भयो होला छाति अनुमान लाउनुस्।
गोली सरी आयो प्रहार आखाँ चिम्म गरीबसेँ,
कहाँ लाग्यो लाप्टा लात्ति अनुमान लाउनुस्।
फुटबल सरी हान्दा कीक, गोप्टो परी बस्थ्यौँ,
उछिटियो कता साथी अनुमान लाउनुस्।
- क्याट्रीक ग्यारिजन गुर्खा कम्पनी, हेलेजन ब्यारेक (हाल-आर.एस.एम.ई ग्रीब्रालटार ब्यारेक, क्याम्बरले ब्ल्याकवाटर)