काठमाडौं।  बलात्कार प्रयासपछि दक्षिणकाली जङ्गलमा हत्या गरिएका सन्तोषी सुब्बाको हत्या आरोपित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। हत्या आरोपमा नेपाल प्रहरीले दक्षिणकाली नगरपालिका -७ बस्ने २९ वर्षिया सुरेश तिमल्सिनालाई असार ९ गते पक्राउन गरेको हो।

गत असार ८ गते काठमाण्डौ जिल्ला दक्षिणकाली नगरपालिका वडा नं. ७ दक्षिणकाली मन्दिर स्थित जङ्गल परिसरको पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालयमा पछी नामथर वतन काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका-७ बस्ने सन्तोषी सुव्वा भनी खुल्न आएको महिलाको अनुहारको भाग क्षतविक्षत रहेको मृत लाश सम्बन्धी घटनाको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परीसर काठमाण्डौको टोलीहरूले संयुक्त अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी -१४ घर भई दक्षिणकाली नगरपालिका-७ बस्ने २९ वर्षको सुरेश तिमल्सिनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा मिति असार ६ गते मृतक सन्तोषी सुब्बाले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताए पश्चात निज सुरेश तिमल्सिनाले खाना र सुत्ने व्यवस्था निजले काम गर्ने बसमा मिलाईदिन्छु भनी घटनास्थल तर्फ लगी जबरजस्ती गर्ने क्रममा मृतक सन्तोषी सुब्बाले प्रतिकार गरे पश्चात निज सुरेश तिमल्सिनाले घाँटी थिची मृतकको सलले घाँटीमा बेरी हत्या गरे पश्चात ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी फरार भएको भनी खुल्न आएको र  असार ९ गते निज भागी लुकिछिपी बसेको स्थान काठमाण्डौ-२७ कमलाक्षी इनबहालबाट पक्राउ गरी अनुसन्धान भईरहेको महानगरिय अपराध महाशाखाले जनाएको छ।