काठमाडौं। नेपाल आदिवासी जनजाति महासंघ इजरायलको नवौँ अधिवेशन सम्पन्न भएको छ। शुक्रबार सम्पन्न अधिवेशनले मिङ्‍मा शेर्पाको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन्।

जुन १८ तारिख शुक्रबार इजरायलको तेलअविभ शहरको लेवेन्स्किमा सम्पन्न नवौं अधिवेशनबाट मिङमा शेर्पाको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा नानीमाया योन्जन तामाङ, उपाध्यक्षहरूमा कशिस बान्तावा राई, आशमाया तमूस्यो, आइन्द्र योङया लिम्बु, सुर्य बहादुर राना मगर र ल्हाक्पा डोल्मा ह्योल्मो निर्विरोध निर्वाचित भएका छन् भने। महासचिव पदमा राजकुमारी श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै, प्रथम सचिवमा रेखा तमूस्यो र सचिवहरूमा उपेन्द्र राई, ईन्दु लावती लिम्बु, जमुना थापा मगर, ज्योति प्रधान श्रेष्ठ र पेमा शेर्पा निर्विरोध भएका हुन्। कोष अध्यक्षमा मदन निगी तामाङ र सह-कोषाध्यक्षमा पासाङ नुर्वु श्याङवा ह्योल्मो निर्वाचित भएका छन्।

उद्घाटन सत्रको प्रमुख अतिथिमा संघका संस्थापक अध्यक्ष तेन्जिन शेर्पा, बिशिष्ट अतिथिमा महासंघका संस्थापक महासचिव एवम पुर्व अध्यक्ष सुन्दर योन्जन तामाङ, पुर्व अध्यक्षहरू डोमा शेर्पा, निर्मला गुरूङ, नयन इम्सोङ लिम्बु, नरेश कुमार श्रेषठ, तारा बहादुर काउचा मगर, राजनितिक दलका भात्रि संगठनहरू र गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलका अध्यक्ष, महासंघका सदस्य संस्थाका अध्यक्षहरु लगायत इजरायलमा स्थापित दर्जन जति संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो।

त्यस्तै, नैफिन इजरायलले नवौँ अधिवेसनको अवसर पारेर स्मारिका प्रकाशन तथा विमोचन गरेको छ।