सिन्धुली। गोलन्जोरमा माछा मार्न गएका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोलोनजोर गाउँपालिका वडा नं. -७ अँधेरी खोलामा माछा मारिरहेका ३ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

खोलामा बाढी आउन सक्ने भएकाले धनजनको क्षति हुनसक्ने भन्दै खुर्काट प्रहरीले पटक पटक सम्झाउँदा समेत अटेर गरेका ३ जना युवाहरूलाई प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रवक्ता मनोज लामाले बताए।

पक्राउ पर्नेमा गोलन्जोर -७ का अलिफ आले मगर, विशाल आले मगर र रबिन्द्र थापा रहेका छन् । लकडाउनको समयमा मास्क समेत नलगाएको भन्दै उनिहरुलाई १ सय जरिवाना तिराई सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी खुर्काेटले बर्षादको समयमा बाढि पहिरो आउन सक्ने साथै कोरानाको माहामारिको समयमा अत्याश्यक काम बाहेक बाहिर ननिस्कन माईकिङ गरिरहेको छ ।