काठमाडौं। नेपाल पत्रकार महासंघ बेलायतको पाँचौ अधिवेशन सम्पन्न भएको छ। भर्चुअल माध्यामबाट सम्पन्न भएको अधिवेशनमा बिपिन निरौलाको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको छ।

मंगलबार सम्पन्न भर्चुअल अधिवेशनले वरिष्ठ उपाध्यक्षमा संजयभक्त कंडेल, उपाध्यक्षमा एभरेष्ट गौतम, महासचिवमा कर्मा पहाडी शेर्पा, कोषाध्यक्षमा बिमला लिम्बु, सदस्यमा खुशी लिम्बु र मन्दिप केसी रहेका छन्। सचिव पद र कार्यसमितिका बाँकी सदस्यहरु पछि थप गरिने भएको छ।

गत जुन १३ सम्पन्न पाँचौ अधिवेशनको पोस्टल भोटिङमा व्यापक धाँधली भएको प्रमाणका आधारमा कृयाशिल पत्रकारहरुले उक्त अधिवेशनलाई अस्वीकार गरेका थिए। त्यस पश्चात पुन: नयाँ कार्यसमिति चयन गरिएको हो।

यसअघि प्रेस युनियन युके र प्रेस युनियन युरोपले जुन १३ को अधिवेशनका बारेमा उजुरी गरिसकेको छ । त्यसको सुनवाई हुन बाँकी छ ।