काठमाडौं । यूरो कपको समूह चरणको पहिलो खेल खेल्ने क्रममा आज साविक विजेता पोर्चुगल र हंगेरी भिड्दैछन् । नेपाली समय अनुसा ९ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ ।

हंगेरीको घरेलु मैदानमा पोर्चुगलले पहिलो खेल जित्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । 

हंगेरीविरुद्ध जित निकाल्न कप्तान रोनाल्डोसँगै ब्रुनो फर्नान्डेस, जोआओ फेलिक्स, डिएगो जोटा, आन्द्र सिल्भा, रेनाटो साञ्चेज, गोन्कालो गुइडेस, जाओ पाल्हिन्हा, विलियम कार्भाल्हो, जोओ मौटन्हो, रुवेनि डियास, नेल्सन सेमेडो, जोस फोन्टे, पेपे, रुई सिल्भा र रुई प्याट्रिसियो पोर्चुगलका टोलीमा रहेका छन् ।

त्यस्तै पछिल्लो समय राम्रो लयमा रहेको हंगेरीकातर्फबाट एडाम सज्लाई, नेमान्जा निकोलिक, इन्ड्री बोट्का, विल्ली अर्वन, एटिल्ला सेज्लाई र गोलरक्षक पिटर गुलाक्सी लगायतले खेल्ने छन् ।

त्यस्तै ग्रुप अफ डेथ मानिएको "एफ" अन्तर्गतको अर्को खेल राति १२ बजेर ४५ मिनेटमा फ्रान्स र जर्मनी भिड्दैछन् । उक्त खेल जर्मनीमा हुनेछ ।