काठमाडौं । युरोकपमा आज समूह 'सी' मा रहेका नेदरल्याण्ड र युक्रेन भिड्दैछन् । नेपाली समयअनुसार राति १२ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । 

नेदरल्याण्डले घरेलु मैदानमा हुने युक्रेनविरुद्धको खेलमा स्पष्ट जित निकाल्दै युरोकपको सुखद सुरुवात गर्दे दाउमा हुनेछ ।  लामो समय ठूलो प्रतियोगिता खेल्न नसकेका नेदरल्याण्डका लागि भरपर्दा खेलाडि भार्जिल भान डाइक बिनै मैदानमा उत्रने छ । गत वर्षदेखि चोटका कारण भान डाइकले खेल्न सकेका छैनन् । 

छनौट चरणमा उत्कृष्ट प्रदर्शन गरेको युक्रेनलाई हराउन नेदरल्याण्डलाई सहज भने हुने छैन ।  नेदरल्याण्डका टोलीमा मेम्फस डिपाए, वोआउट वेगह्रस्ट, ओवेन विज्डल, जर्जिन्हो वाइनाल्डम, मार्टिन डि रुन, फ्रान्की डि योङ, डेन्जेल डुमफ्राइज, दाले ब्लिन्ड, स्टेफन डि भर्ज, म्याथिज डे लेग्ट र मार्टिन स्टेकेलेनवर्ग रहेने छन् भने युक्रेनको टोलीमा रोमन यारेमचुक, एन्ड्रिया यार्माेलेन्को, ओलेक्सान्डर जुकोभ, रुस्लान मालिनोभ्स्की, ओलेक्सान्डर जिनचेन्को, भिटाली माइकोलेन्को, माइकोला माट्भियान्को र जर्ज बुस्चान रहने छन् ।

त्यस्तै समूह  'सी' कै अर्को खेल अस्ट्रिया र नर्थन मासेडोनियाले नेपाली समय अनुसार ९:४५ मा खेल्दैछ ।