उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो।

कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। उनले थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको बताएका छन् । अब उपत्यकामा खाद्यान्न पसलहरू ११ बजेसम्म खुल्नेछन् भने अनलाइन डेलिभरी सुरु हुने भएको छ।

शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसलसमेत बिहान ११ बजेसम्म खुल्नेछन् । अपराह्न ४ बजेपछि हार्डवेयर पसल खोल्न पाइने, कृषि कार्य सञ्चालन गर्न दिने र भिसा लिनका लागि सहजीकरण गर्न दिने भएको छ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश