काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। जसमा ७ मन्त्री र १ राज्यमन्त्रीले रहेका छन्।

पुनर्गठित मन्त्रिपरिषद्का मन्त्रिहरूले आज नै पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ मन्त्री र प्रधानमन्त्री ओलीले १ राज्यमन्त्रीलाई सपथ गराएका हुन्। विस्तारित मन्त्रिपरिषदमा एमाले ओली समूहका नेता, पूर्व माओवादी खेमा, राजपा तथा माधव नेपाल खेमाका नेता समेत अटाएका छन्।

प्रधानमन्त्रि केपी शर्मा ओलीले केही दिन अघिमात्र मन्त्रिपरिषद् पूनर्गठन  गर्दै मन्त्रीहरू हेरफेर गरेर रक्षा, गृह, सामान्यप्रशासन, सञ्चार लगायतका मन्त्रालयहरू आफू मातहत राखेका थिए। 

बिहीबार पुन मन्त्रिपरिषद् पुनर्गठन गरी आफू मातहत रहेको गृह मन्त्रालयमा खगराज अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री  गणेश कुमार पहाडी, सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा, कृषि तथा पशुपन्छी मन्त्री ज्वालाकुमारी साहलाई जिम्मेवारी दिएका छन्। 

पुनर्गठीत  मन्त्रिपरिषद्: