काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गरेको मन्त्रीपरिषद् विस्तारमा सिन्धुली जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित गणेश कुमार पहाडी संघीय मामिला तथा समान्य प्रशासन मन्त्री बनेका छन्। एमाले विवादमा खनाल–नेपाल समुह छोडेर अध्यक्ष ओली खेमामा आएका पहाडी सामन्य प्रशासन मन्त्री भएका हुन्। 

एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका पहाडीले केही दिन अघि उक्त समूह त्यागेर ओली समूहमा आएका थिए। पहाडीले प्रतिनिधिसभा विघटन विरुद्ध विपक्षी गठबन्धनमा हस्ताक्षर गरेका थिएनन्।

नवौँ महाधिवेशनमा उनी नेपालको प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका पहाडी  २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली क्षेत्र नं. १ बाट निर्वाचित भएका हुन्।