काठमाडौं। नेपालमा छिट्टै मनुसुन भित्रिने जलतथा मौसम विज्ञान विभाग,  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नेपालमा यस वर्ष औसतभन्दा बढी पानी पर्नेछ।

महाशाखाका अनुसार अहिले पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव नेपालमा रहेको छ । अबको केही दिनमा मनसुन नेपालमा भित्रिसक्नेछ । नेपालमा मनसुन भित्रिन एक–दुई दिन लाग्ने देखिएको मौसमविद् समीर श्रेष्ठले बताए “ विस्तारै मनसुन भित्रिदै छ, नेपालमा आइ पुग्न एक–दुई दिन लाग्छ” । मौसमविद् श्रेष्ठका अनुसार यस वर्षको मनसुन जुन १३ नजिक छ।

नेपालमा यस वर्ष औसतभन्दा धेरै पानी पर्ने अनुमान गरिएको मौसमविद श्रेष्ठले बताए। उनका अनुसार मनसुनी प्रणाली बङ्गालको खाडीसम्म आएको र त्यो पूर्वी क्षेत्र हुँदै देशभर फैलने र सामान्यता पर्ने १५ सय मिलिमिटर पानी भन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ। श्रेष्ठले “औसतमा १० प्रतिशत तलमाथि भएमा सामान्य मनसुन भनिन्छ” यसपटक “निरन्तर झरी पर्ने, केही समय रोकिने मनसुनी विशेषता हो।”

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको संयोजनमा समिति रहने र त्यसले काम गर्ने गरेको गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए। उनका अनुसार प्रत्येक वर्ष बाढी र पहिरो जाने गर्छ। त्यसको लागि पूर्व तयारी रहने गर्छ र अहिले कोभिडको समस्या पनि पुरानो भइसकेकोले आफूहरु तयारी अवस्थामा रहेको जानकारी दिए ।