विदेशीनु रहर होइन बाध्यता हो,

युवाहरूको यै समस्या जतातता हो।

 

एयरपोर्टमा झोला बोकेको देख्नु हुन्न,

यस्तो प्रश्न गरि हाल्छ ए भाई कता हो

 

कतिपय तेस्तो जोडी चिठीमा लेख्छ,

सम्झिनुस् यो मुनामदनको जस्तै कथा हो।

 

सँगै बाँच्ने र मर्ने सबैको मन हुदो हो,

तर पनि छुट्नु आ-आफ्नो विवशता हो।

युगल सुनुवार