काठमाडौं । विश्वकप २२ का लागि भएको दक्षिण अमेरिकी राष्ट्रहरुको छनौट खेलमा आज अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् ।  नेपाली समयमा अनुसार आज (शुक्रबार) विहान ५:४५ बाट सुरु भएको खेल १-१ को बराबरीमा सकिएको हो । 

आउँदो वर्ष कतारमा हुने विश्वको लागि बाँकी रहेको छनौट खेलमा अर्जेन्टिनाको लागि कप्तान मेस्सीले १ गोल गरे भने चिलीका लागि सान्चेसले १ गोल गर्न सफल भए । दुवै गोल पहिलो हाफमा सम्भव भएको हो । दोस्रो हाफमा दुवै पक्षबाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । 

यो खेल पछि ४ खेलमा ३ जित १ बराबरी खेलेको अर्जेन्टिना १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ भने ४ खेलमा ४ जित निकालेकाे ब्राजिल १२ अंकसहित शीर्षस्थानमा रहेको छ । त्यस्तै तेस्रो स्थानमा इक्वेडर, चौथोमा पारग्वे रहँदा पाँचौमा उरुग्वे रहेको छ ।

आजै भएको अन्य खेलमा बोलिभियाले भेनेजुएलालाई ३-१ ले पराजित गर्‍यो भने उरुग्वे र पारग्वेले गोलबिहिन बराबरी खेल्यो ।