काठमाडौं। नयाँ भेरिएन्ट सहितको कोरोना महामारी फैलिएको अवस्थामा ती नयाँ भाइरसको नाम विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचो) ले तीन भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार विभिन्न नाम दिएको छ। डब्लु एचओले नयाँ भेरिएन्टको कोरोना भाइरसको नाम जिटा, इटा र थिटा दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नयाँ भेरिएन्ट सहितको कोरोना भाइरसको नाम भेरियन्ट अफ कन्सर्न (भीओसी) हरुमा जिटा (पी.२), इटा (बी.१.५२५) र थिटा (पी.३) छन्। यसअघि डब्ल्लूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई (बी.१.१.७) ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई (पी.१) ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई (बी.१.३५१) ‘बेटा’ र भारतमा भेटिएको भेरियन्ट (बी.१.६१७.२) लाई ‘डेल्टा’ नामाकरण गरेको थियो ।

भारतमै फेला परेको अर्को भेरियन्ट (बी.१.६१७.१)लाई कप्पा नाम दिइएको थियो । मन्त्रालयको अनुसार अल्फा भेरियन्ट १६० मुलुक, बेटा भेरियन्ट ११३ मुलुक, गामा भेरियन्ट ६४ र डेल्टा भेरियन्ट ६२ मुलुकमा फैलिएको छ।