काठमाडौं। नेपाललाई कोभिड -१९ सङक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि फ्रान्स  र संयुक्त अरब ईमिरेट्सको तर्फबाट स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ। संयुक्त अरब इमिरेट्सबाट हिजो र फ्रान्सबाट आज १९ गते स्वास्थ्य सामग्री प्राप्त भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फ्रान्सबाट सरकारले एफएफपी टु मास्क ५ लाख ४ हजार थान, एन्टिजेन किट २० हजार २२५ थान, प्रोटेक्सन ग्लास १२ हजार थान र रेस्पिरेटर विथ कन्सुमाब्लेस १४ थान प्राप्त गरेको हो। 

त्यस्तै, संयुक्त अरब इमिरेट्सबाट सरकारले मास्क २ लाख ४३  हजार ६ सय थान, मास्क ७५ हजार थान, कोभेरल ९ हजार, गाउन १५ हजार थान, भेन्टिलेटर विपाप् १ सय ५० थान र ट्रोल्लेस १ सय ५० जान प्राप्त गरेको हो।