काठमाडौं। रोजगारीको शिलसिलामा विदेश गएका नेपाली श्रमिकहरुले नेपाल फर्किँदा ५ दिन होटेल क्वरेन्टिन बसे पुग्ने भएको छ।

सरकारले खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नेपाल आउँदा ५ दिन मात्र होटेल क्वारेन्टिन बसे पुग्ने नयाँ मापदण्ड निर्धारण गरेको हो। भारतमा साताको दुई र अन्य तीन मुलुकहरू चीन र कतारमा साताको एकरएक वटा दुईतर्फी उडान गर्न सक्ने गरी अनुमति खुला गरेसँगै त्यहाँबाट आउने यात्रुलाई लक्षित गर्दै सरकारले त्यस्तो मापदण्ड बनाएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार होटेल क्वारेन्टिनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वारेन्टिनमा बस्ने गरी आफ्नो घर जान सकिने छ। मन्त्रालयले नेपाली तथा विदेशी नागरिकहरू विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गर्दै यस्तो प्रावधान ल्याएको हो।