काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ। आज दिउँसो बजेट भाषण मार्फत अर्थमन्त्री विष्णु पौडेलले कूल बजेको करिब १५ प्रतिशत बजेट शिक्षा क्षेत्रलाई छुट्याएको बताएका हुन्।

अर्थ मन्त्री पौडेलले आगामी आ.व. २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन जनाएका हुन्। शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ। बजेट मार्पत रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्तिलगायतमा खर्च गरिने छ। एक विद्यालय एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ।

बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश रहेको छ । शैक्षिक पूर्वाधारको काम समेत यसमा रहने छ ।