काठमाडौं। सरकारले चार मुलुकका लागि नियमित उडान खुला गर्ने निर्णय गरेको छ। दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीका लागि नियमित उडान हुने भएको हो। 

हाल भारत हप्तामा दुई उडान भईरहेको भएपनि चीन, कतार र टर्कीमा भने १८ जेठबाट नियमित उडान खुल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिए । उनका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यात्रुको बढी चाप हुने मुलुकमा उडान खोल्ने निर्णय गरिएको हो। उडामा यात्रुका लागि पीसीआर नेगेटिभ भएको रिर्पोट भने अनिवार्य गरिएको छ।

खोपको मात्रा पुरा गरेका यात्रु होम आइसोलेसनमा बस्न सक्नेछन् भने खोप नलाएका हरूले अनिवार्य होटेल क्वारेन्टिनको व्यवस्था गरिएको छ।  तर, चार्टर्ड उडान भने भइरहेका छन् । नेपालमा पर्वतारोहणमा आएका युरोप र अमेरिकी मुलुकका नागरिकलाई घर र्फकन अब इस्तानबुल सहज गन्तब्य बन्नेछ।