काठमाडौं। नयाँ भेरिएन्ट सहितको कोरोना महामारीविरुद्ध लड्न फिनल्याण्ड सरकारले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। फिनीश सरकारले पठाएको चार्टर्ड उडानमामार्फत आज त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई सामग्री हस्तान्तरण गरेकोहो। 

फिनल्याण्डले ३ लाख ५० हजार थान एफएफफीटु मास्क, १ लाख थान केएन ९५ मास्क, २ लाख ३२ हजार ५०० थान ग्लोब्स्, ३० हजार थान गाउन, २४ लख ९८ हजार थान फेसमास्क, ३  लाख ५० हजार थान फेससिल्ड आज बिहान हस्तान्तरण गरेको हो। 

नेपालका लागि फिनल्याण्डका राजदूत मान्मी पर्ट्टी एन्टिटेनले उक्त सामग्रीहरु स्वास्थ्य र जनसंख्या मन्त्री श्री हृदयेश त्रिपाठीले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित संक्षिप्त समारोहमा हस्तान्तरण गरेका हुन्। 

नेपाल सरकारको अनुरोधमा फिनल्याण्ड सरकारबाट समयमै सहयोग प्राप्त हुनेले दुवै देशका जनताबीचको लामो समयदेखि रहेको विकास साझेदारी र मित्रता झल्काएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्तफ जनाएको छ।