काठमाडौं। न्यूयोर्क राज्यको विधानसभाले जेठ १५ (मे २९) लाई “नेपाल डे” को घोषणा गरेको छ । विधान सभाले प्रत्रकार सम्मेलन गर्दै नेपालीहरूको पहिचानलाई सम्बोधन गर्ने गरी नेपाल डे घोषणा गरेको हो।

विशेष गरी वि.सं. २०६५ साल जेठ १५ गते नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा हुँदै नेपालमा कायम २ सय ३८ वर्षे लामो शाह वंशिय राजसत्ता अन्त्यको घोषणा गरिएको थियो। सोही अवसरमा हरेक साल जेठ १५ गते गणतन्त्र दिवस मनाउँदै आई रहेको सन्दर्भमा नेपालीहरूको सघनबस्ती भएको न्यूयोर्क राज्यमासमेत नेपालीहरूको पहिचानलाई सम्मान गर्दै न्यूयोर्क राज्यसभाले उक्त (जेठ १५, मे २९) दिनलाई न्यूयोर्क राज्यसभाले नेपाल डे घोषणा गरेको हो ।

न्यूयोर्क राज्यले घोषणना गरेसँगै नेपाल डे मे २९ (जेठ) १५ का दिन "हाम्रो पहिचान हाम्रो गौरव" भन्ने मूल नाराका साथ भव्यरुपमा र्‍याली सहित मनाउने निर्णय गरिएको नेपाल डे २०२१ का मूल आयोजक समितिका सदस्य सचिव नरेन्द्र थापा मगरले जनाउनु भएको छ।  

संसारकै उन्नत समावेशी लोकतान्त्रिक अभ्यास गर्दै आएको संयुक्त राज्य अमेरीकाले नेपालीहरूले अमेरीकन पहिचानका साथ रहने जनाउँदै त्यहाँको प्रदेश (राज्य) सरकारको तहबाट नेपाल डे को रूपमा सम्बोधन गरेको हो। न्यूयोर्कको विधानसभा बैठकमा सर्वप्रथम विधानसभा सदस्य जेनिफर राजकुमारले नेपालीहरूलाई सम्बोधन गर्ने गरी उक्त प्रस्ताव गरिएको थियो । सो प्रस्तावमा नेपाल डे का विषयमा अनुसन्धान गर्न नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाको प्रस्ताव लेखनमा लोक चेम्जोङ, नरेन्द्र थापा मगर, दिपेन्द्र लामा, आरती मगर र सजिना श्रेष्ठले महत्वपूर्ण योगदान गर्नु भएको स्रोतले जनाएको छ।

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाका अध्यक्ष तथा नेपाल डेका प्रस्ताव लेखन समितिका संयोजक लोक चेम्जोङका अनुसार हाल मेरिकामा करिब ४ लाख नेपालीहरू रहेको र त्यसमध्ये न्यूयोर्क राज्यमा धेरै सङ्ख्यामा नेपालीहरू रहेका छन्। अध्यक्ष चेमजोङका अनुसार संसारको सबैभन्दा उन्नत लोकतान्त्रिक र समावेसी व्यवस्था भएको देश सैयौँ फूलका थुंगा झै हामी पनि फक्रिन फूल्न चाहान्छौ यसको सुरूवात हामीलाई नेपाल डेद्वारा सम्बोधन गरी न्यूयोर्क राज्यसभाले सुरूवात गरेको गरेको बताउनु भएको छ।

नेपालीहरूले त्यसदिनलाई लोकतन्त्र, प्रेश स्वतन्त्रता, मानवअधिकार प्राप्ती भएको दिनको रूपमा पनि लिएको हुनाले यसलाई उत्सवको रूपमा मनाउने गर्दछन्।