राष्ट्रिय आदिबासी जनजाति महिला मञ्चले रामेछापका सुनुवार कृषक महिलालाई पानी जम्मा गर्ने ड्रम बितरण गरेको छ । ब्यबसायिक तरकारी खेतीको लागी सिंचाई को अभाब भएको हुँदा पानी जम्मा गरेर सिंचाईमा सहजिकरण होस् भन्ने उदेश्यका साथ ड्रम बितरण गरिएको मञ्चका अध्यक्ष सुनी लामाले बताए । 

रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुका २७ जना कृषक महिलालाई पाँच सय लिटर पानी अट्ने ड्रम बितरण गरिएको हो । फर्पुमा बिगत तिन हप्तादेखी राष्ट्रिय आदिबासी जनजाति महिला मञ्चको सहयोगमा बिस हप्ते एकृत्रित शत्रुजिब ब्यबस्थापन तालिम संचालन भईरहेको छ । 

 

 

स्थानिय कृषक महिलाको आर्थिक सबलिकरणका साथै अर्गानिक तरकारी एबम् कृषी जन्य बस्तु उत्पादनमा सहज होस् भन्ने उदेश्यका साथ सुनुवार कृषक महिलाको समुह बनाएर तालिम संचालन गरिएको मञ्चका उपाध्यक्ष यशोकान्ती भट्टचनले बताए । 

सजिना सुनुवारको अध्यक्षतामा सम्पन्न  बितरण कार्यक्रममा सोही वडाका, वडा अध्यक्ष चन्द्र बहादुर सुनुवार, राष्ट्रिय आदिबासी जनजाति महिला मञ्चका अध्यक्ष सुनी लामा, उपाध्यक्ष यशोकान्ती भट्टचन, आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार, स्थानिय शिक्षक नबराज सुनुवार लागाएत स्थानियहरुको सहभागिता रहेको थियो ।