काठमाडौं। नेपाल र गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। समोमबार मे २४ का दिन दुई देशबीच कुटनीतिक सम्बन्ध कायम भएको हो।

यो सँगै नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको मुलुकको संख्या १७० पुगेको छ। सोमबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृतकुमार राई र न्यूयोर्कस्थित गाम्बियाका राजदूत ल्याङ याबुबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर सम्पन्न भएपछि कुटनीतिक सम्बन्ध स्थापना भएको हो।

अफ्रिकी मुलुक गाम्बियाले सन् १९६५ मा संयुक्त राष्ट्रसंघको सदस्यता लिएको थियो । गाम्बिया र नेपाल असंलग्न आन्दोलनका सदस्य राष्ट्र समेत हुन् । 

नेपाल र गाम्बसयाबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको जानकारी संयुक्त राष्ट्रसंघलाई पनि गराइएको छ ।