काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. जागेश्वर गौतमलाई प्रवक्ताबाट हटाएको छ। गौतमलाई सोमबार मन्त्रीस्तरीय निर्णयबाट प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय भएको हो।

गौतमलाघ मन्त्रालयको प्रवक्ताबाट हटाएर वीर अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। यसअघि गौतम स्वास्थ्य मन्त्रालयको प्रवक्ताका साथै थापाथली प्रसुती अस्पतालको प्रमुख रहेका थिए । गौतमलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका रुपमा जिम्मेवारी तोकिएको छ। गौतमको ठाउँमा मन्त्रालयको नयाँ प्रवक्ता भने तोकेको छैन ।