काठमाडौं। नेपाली साहित्यमा विद्यावारिधी गर्ने पहिलो महिला श्रष्टा डा. वानिरा गिरीको हृदयघातका कारण आइतबार राति निधन भएको छ। उनको ७६ वर्षको उमेर निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको हो।

करिब ३ देखि अल्जाइमर्स रोगले सताएको उनलाई भएर घरमै आपत्कालीन स्वास्थ्य सेवा लिइरहेकी गिरी केही साताअघि कोभिड -१९ पोजिटि देखिएको र आइतबार राति हृदयघात भएको आशंकामा निजामती अस्पताल लगिएको थियो। मृतक गिरिमा कोरोना संक्रमण यथावतै रहेकाले उनको अन्तिम संस्कारको जिम्मेवारी नेपाली सेनाले लिएको पारिवारिक स्रोतले जनाएको छ।

नेपाली साहित्यमा कलम चलाईएकी उनले उपन्यास, कविता र निबन्ध लेखनमा फरक दृष्टिकोण तथा शैलीका कारण नेपाली साहित्यमा चिनिएकी हुन्। उनका उपन्यासहरूमा ‘कारागार’, ‘निर्बन्ध’ र ‘शब्दातित सान्तनु’ रहेका छन्। त्यस्तै कविता सङ्ग्रहमा ‘मेरो आविष्कार’, ‘जीवन: थायमरु’, ‘एउटा एउटा जिउँदो जंगबहादुर’ रहेका छन्।

वि.सं. २०५६ सालमा ‘शब्दातीत शान्तनु’ उपन्यासका साझा पुरस्कार पाएकी थिइन्।