काठमाडौं। नेपाल टेलिकमले स्वाथ्यकर्मीहरुका लागि एक महिना निःशुल्क टेलिफोन सेवा उपलब्ध गराउने भएको छ ।

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीले मात्र एक महिना निःशुल्क मोबाइल सुविधा पाउने परिषद्का रजिष्ट्रर पुष्पराज खनालले बताए। नेपाल टेलिकमले थ्याङ्क्यू हेल्थ केयर वर्कस प्याकेज अन्तर्गत टेलिकमले सेवा उपलब्ध गराउन लागेको हो ।

सुविधाका लागि सम्बन्धित स्वास्थ्यकर्मीकै नाममा दर्ता भएको नम्बर हुनुपर्ने खनालले बताए । नेपाल टेलिकमको सिम कार्ड प्रयोग नगरेका व्यवसायीलाई भने निःशुल्क सिमकार्ड सहित डाटा उपलब्ध गराइने बताइएको छ ।

सुविधा लिन स्वास्थ्यकर्मीहरुले परिषद्को वेवसाइटमा फर्ममा गएर टेलिकममा दर्ता भएका स्वास्थ्यकर्मीले नाम, लाइसेन्स नम्बर,फोन नम्बर र इमेल ठेगाना भर्नुपर्ने छ।