काठमाडौं। बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप सहयोग गर्ने भएको छ । नेपालले उक्त खोप विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत निःशुल्क पाउने छ।

बिहीबार बेलायतको माथिल्लो सदनले नेपाललाई २० लाख डोज खोप दिने निर्णय गरेको हो। बेलायतको विदेश मन्त्रालयको प्रस्तावमा त्यहाँको संसद्ले खोप दिने सहमत भएको छ।

मन्त्रालयले आधिकारिक लिखित जानकारी आउनासाथ खोप ल्याउने प्रक्रिया थाल्ने जनाएको छ ।