काठमाडौं। नेपाल नयाँ भेरिएन्ट सहितको कोरोनाको दोस्रो लहरसँग जुधिरहेको बेला स्वीट्जरल्याण्डले ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। आज बिहान कार्गो विमानमार्फत स्वास्थ्य सामग्री त्रिभुव विमानस्थलमा नेपाललाई हस्तान्तरण  भएको हो।

नेपालका लागि स्वीट्जरल्याण्डका राजदुत भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई अत्यावश्यकिय स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी थिईन्। नेपाल सरकारले सहयोगको अपिल गरेपछि स्वीस सरकारले तीस टन तौल, अमेरिकी डलर ८० लाख (नेपाली रुपैँया झण्डै ९४ करोड) बराबरको स्वास्थ्य सामग्रीमा ४० भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर, ११ लाख यापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार केएन ९० मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई लगायतका सामग्री विमानस्थलमै ल्याएर हस्तान्तरण गरेको हो।